काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ललितपुरको कुपण्डोलमा नक्कली बम भएको पुष्टि

12.26K
shares

 

ललितपुरको कुपण्डोलमा भेटिएको शंकास्पद वस्तु नक्कली बम भएको प्रहरीले जनाएको छ । स्कुटरमा अाएको अज्ञात व्यक्तिले प्रेसर कुकर सडकमा राखेर स्कुटरसमेत छाडेर भागेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रेसर कुकर राम्ररी हेर्दा नक्कली बम पुष्टि भएको प्रहरीले जनाएको छ । सडकमा बम राखिएको अाशंकाका कारण केहीबेर सवारी आवागमन पूर्णरूपमा ठप्प भएको थियो । नक्कली बम पुष्टि भएपछि सवारी साधन चल्न थालेका छन् । स्थिति सामान्य भएको छ ।

अातंक सिर्जना गर्न र त्रास फैलाउन शंकास्पद वस्तु राखिएको महानगरीय प्रहरी परिसर काठमाडाैंले जनाएको छ ।