global ime bank Long Banner Ad

गृहपृष्ठ हेलिकप्टरको पंखाले लागेर नेहटाको मृत्यु

हेलिकप्टरको पंखाले लागेर नेहटाको मृत्यु

हेलिकप्टरको पंखाले लागेर नेहटाको मृत्यु

 

हुम्लाको हिल्सामा मनाङ एयरको ‘मनाङ ९ एनएएमडी’ हेलिकोप्टरको पंखाले लागेर मंगलबार एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले अपराह्न सवा ३ बजे यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बइका ४२ वर्षीय नवीन्द्रकुमार कात्तिक नेहटाको मृत्यु भएको जानकारी दिए ।

हेलिकोप्टर सिमकोटबाट हिल्सातर्फ उडेको थियो । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ । नेहटाको शव बुधबार हिल्साबाट सदरमुकाम सिमकोट ल्याइने बताइएको छ ।

प्रकाशित समय : २३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु