नारायणगढ-मुग्लिन सडक अझै खुलेन, पहिरो हटाउन दिनभर लाग्ने
वि.सं.२०७५ भदौ २६ मंगलवार १७:५०
shares

नारायणगढ–मुग्लिन सडकखण्ड अझै खुलेको छैन । गएरातिदेखि परेको अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो झरेकाले सो सडकखण्ड अवरुद्ध भएको छ ।
गाईघाट, जलबिरे, कालिखोला, १७ किलोलगायतका ठाउँमा ठूलो पहिरो झरेकाले पन्छाउन समय लाग्ने नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालले जानकारी दिए ।
उनका अनुसार पहिरो हटाउन आज दिनभर लाग्ने छ । अहिले तीन लोडर र दुई एक्साभेटरबाट पहिरो पन्छाउने काम भइरहेको छ । पानी परिरहेकाले पहिरो हटाउन ढिलाई भएको हो । सडक अवरुद्ध भएसँगै सवारी साधन र यात्रु अलपत्र परेका छन् ।

























