गृहपृष्ठ तातोपानी नाका खोल्ने अन्तिम तयारी : सभामुख महरा
तातोपानी नाका खोल्ने अन्तिम तयारी : सभामुख महरा
सभामुख कृष्णबहादुर महराले भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्ने अन्तिम तयारी भएको बताएका छन् । बुधबार चीन भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग सभामुख महराले तातोपानी नाका खोल्ने अन्तिम तयारी भएकाे बताएका हुन् ।
चिनीया प्रतिनिधिसँग नाका खोल्ने विषयमा छलफल भएको उनको भनाइ छ । पहिलो प्राथमिकता नाकाको पुरानै पुललाई दिइएको र त्यहाँबाट सम्भन नभए बैकल्पिक मार्गको प्रयोग गरिने तयारी भएको सभामुख महराले बताए ।
आफ्नो भ्रमण सफल भएको दबी गर्दै उनले नेपाल–चीन एवं स्वाशासित क्षेत्र तिब्बतबीचको सम्बन्ध थप प्रगाढ भएको दाबी गरे । तिब्बतमा रहदा सभामुख महराले नेपाली महावाणिजय दुतावासको भवन, तातोपानी पुल र सुवागढी पुलको शिलान्यास गरेका थिए ।
तिब्बत सरकारको निमन्त्रणामा चौथो चाइना तिब्बत टुरिजम एण्ड कल्चर एक्पोमा सहभागि हुन सभामुख महरा गत २२ गते १० सदस्यी नेपाली संसदीय टोलीको नेतृत्व गर्दै सभामुख महरा तिब्बत गएका थिए । ल्हासामा भएको एक्पोमा नेपालमा उत्पादित ६० भन्दा बढी बस्तु पनि राखिएको थियो ।
प्रकाशित समय : १९:०० बजे



















