global ime bank Long Banner Ad

गृहपृष्ठ ब्रेकिङ : विराटनगरमा ट्रकले किच्दा एक जनाको मृत्यु

ब्रेकिङ : विराटनगरमा ट्रकले किच्दा एक जनाको मृत्यु

ब्रेकिङ : विराटनगरमा ट्रकले किच्दा एक जनाको मृत्यु

विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेड हाताभित्र भएको दुर्घघनामा एकजनाको ज्यान गएको छ । कोशी राजमार्ग नजिकै रहेको उक्त कम्पनीको हाता भित्र ना ५ ख ५८८८ नं. को ट्रक पछाडी सार्ने क्रममा किच्दा पहिचान खुल्न नसकेका सोही ट्रकका सहचालकको मृत्यु भएको हो ।

कार्यालय परिसरमा वर्षाका कारण अत्याधिक पानी जम्दा पछाडीको जमिन नदेखिँदा ट्रक अनियन्त्रीत भई पछाडीरहेका सहचालकलाई किचेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक शिवकुमार पोखरेलले जानकारी दिए । घटनामा संलग्न ट्रक र चालक मनोज शाहीलाई लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय : २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु