global ime bank Long Banner Ad

गृहपृष्ठ छानविन समितिमा फर्किए केसी

छानविन समितिमा फर्किए केसी

छानविन समितिमा फर्किए केसी

निर्मला पन्तको बलात्कार र हत्याराको अनुसन्धान गर्दा आफूमाथि सुरक्षा जोखिम भएको भन्दै राजीनामा दिएका विरेन्द्रबहादुर केसीले राजिनामा फिर्ता लिएका छन् । दोषी पहिचान मुस्किल भएको र आफ्नै ज्यानसमेत जोखिममा रहेको भन्दै उच्चस्तरीय छानविन समितिको सदस्यबाट राजिनामा दिएका उनले पूर्वघोषित राजिनामा फिर्ता लिँदै समितिको काममा पर्किएका हुन् ।

गृहमन्त्रालय मातहतका सहसहचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानविन समिति गठन भएको थियो । १५ दिनमा अभियुक्त पहिचानमा खासै काम गर्न नसकेको पीडितलाई न्याय दिन सक्ने अवस्थामा आफू र समिति नरहेको भन्दै उनले राजिनामाको घोषणा गरेका थिए ।

यस विषयमा गृहमन्त्रालय, उच्चस्तरीय छानविन समितिका संयोजकसहित भएको छलफलबाट दोषी पत्तालागाई कारवाही गर्ने विषयमा एकमत कायम भएकाले राजिनामा फिर्ता लिएको केसीले जनाएका छन् । उनले राष्ट्र सेवकको अनिवार्य कर्तव्य बोध गर्दै समितिमा यथावत रही छानविन कार्यमा संलग्न हुने जनाएका छन् । केसी प्रदेश नं ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तर्फबाट प्रतिनिधित्व गर्दै समितिमा सदस्यका रुपमा चयन भएका हुन् ।

 

याे पनि पढ्नुस् ।

छानविन समितिबाट बाहिरिएका केसीले भने : ज्यानको खतरा छ

प्रकाशित समय : २१:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु