global ime bank Long Banner Ad

गृहपृष्ठ नेकपामा प्रदेश र जिल्ला कमिटी गठनको नयाँ मापदण्ड

नेकपामा प्रदेश र जिल्ला कमिटी गठनको नयाँ मापदण्ड

नेकपामा प्रदेश र जिल्ला कमिटी गठनको नयाँ मापदण्ड

प्रदेश र जिल्ला कमिटी गठनको प्रक्रिया टुंगो लगाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । नयाँ मापदण्डलाई टुंगो लगाउन नेकपाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो बस्न लागेको हो ।

यसअघि बुधबार बसेको बैठकमा महासचिव विष्णु पौडेलले वरिष्ठता र योग्यतालाई आधार बनाएर नयाँ मापदण्ड पेश गरेका थिए । सो मापदण्डलाई आजको बैठकले टुंगो लगाउने छ । बुधबारको बैठकमा वरिष्ठ नेता माधव नेपालले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका थिए ।

अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले जिल्लाको नेतृत्वमा आफू निकटका नेतालाई चयन गरेको भन्दै नेता नेपालले असन्तुष्टि जनाएका हुन्। तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको क्रममा तीन महिनाभित्र तल्ला कमिटी पनि एकता हुने भनिएको थियो ।

तर, अहिलेसम्म नेताहरुको गुटका कारण एकता प्रक्रिया लम्बिएको छ । आजको बैठकले विवाद समाधा गरि एकताका लागि ठोस निर्णय गरिने नेताहरुले दाबी गरेका छन् ।

प्रकाशित समय : १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु