काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जोशीलाई महाअभियोग लगाए चुप लागेर नबस्ने कांग्रेसको चेतावनी

11.51K
shares

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीलाई महाभियोग नलगाउन नेकपालाई सचेत गराएको छ । आइतबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै कांग्रेसका सांसद राधेश्याम अधिकारीले न्यायाधीश जोशीलाई महाअभियोग लगाएर गल्ति नगर्न नेकपालाई सचेत गराएका हुन् ।

‘जोशीमाथि महाभियोग लगाउन नेकपाका सांसदहरुले हस्ताक्षर अभियान चलाएको चर्चा छ, महाअभियोग लगाएर गल्ति गरिनु हुन्न’, अधिकारीले भने, ‘कांग्रेसले तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग दर्ता गरेर गल्ति गरेको छ, त्यस्तै गल्ति फेरी गरिनु हुन्न ।’ नेकपाले महाअभियोग लगाए कांग्रेस चुप लागेर नबस्ने समेत सांसद अधिकारीले चेतावनी दिए ।

संसदीय समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि बिदामा बसेका जोशी ओमप्रकाश मिश्र प्रधानन्यायाधीस भएपछि काममा फर्किएका थिए । नेकपाले जोशी विरुद्ध महाअभियोग लगाउन हस्ताक्षर संकलन गरिरहेको छ । जोशीले राजीनामा नदिए केही दिनमा नेकपाले महाअभियोग संसद सचिवालयमा दर्ता गर्ने तयारी गरेको छ।