गृहपृष्ठ राजधानीबाटै १५ वर्षीया किशाेरी १५ दिनदेखि बेपत्ता
राजधानीबाटै १५ वर्षीया किशाेरी १५ दिनदेखि बेपत्ता
काठमाडाैंकाे मध्यबानेश्वरस्थित मिलनचाेक देवकाेटा मार्गबाट एक किशाेरी १५ दिनदेखि बेपत्ता छिन् । १५ वर्षीया किशाेरी निक्की पराजुली साउन २८ गतेदेखि काठमाडाैंबाट बेपत्ता भएकी हुन् ।
पराजुली साँझ साढे ७ बजेतिर देवकोटा मार्गस्थित फ्ल्याटबाट बाहिर निस्किएकी थिइन् । त्यसपछि उनको अवस्था अज्ञात रहेको दाजु शमशेर पराजुलीले बताए । निक्की मध्यबानेश्वरस्थित भ्याली भ्यु बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययन गर्छिन् । गहुँगोरो वर्णकी, चश्मा लगाउने निक्की हाफ पाइन्ट र टिसर्ट लगाएर घरबाट निस्किएकी उनका दाजुले बताए ।
सम्पर्कविहीन हुनुअघि घरमै बस्दा लगाउने कपडा लगाएकाले टाढा जाने उद्देश्य उनको नरहेको परिवारको अनुमान छ । ‘हामी अर्काे कोठामा थियौं, उनी अर्काे कोठामा थिइन्, पछि कोठामा हेर्दा थिइनन्,’ निक्कीका बुबा निलकण्ठ पराजुलीले न्युज कारोबारसँग भने ।
आफन्त, साथीभाइ र चिनजानका सबैसँग सोधपुछ गरिसक्दासमेत कुनै पत्ता नलागेको निक्कीका दाजुले बताए । निक्कीकी आमा मञ्जु कामको सिलसिलामा अमेरिकामा छिन् । निक्कीलाई देख्नेले नजिकको प्रहरी चौकी अथवा ९८१३८४७७११ र ९८०२०७५५९८ नम्बरमा सम्पर्क गरिदिन उनको परिवारले आग्रह गरेका छन् ।
प्रकाशित समय : २२:४० बजे



















