काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अमेरिकामा अाँधी अातंक, १७ लाख मानिस प्रभावित हुने

11.99K
shares

अमेरिकाको पूर्वी तटीय क्षेत्र नजिक आइरहेको समुद्री आँधी फ्लोरेन्सले ठूलो प्रभाव पार्ने अधिकारीहरुले चेतावनी दिएका छन् ।

आँधीका कारण केरोलिना र भर्जिनियामा बाढीको उच्च खतरा छ । आँधीको गति प्रतिघण्टा एक सय ६५ किलोमिटर छ । स्थानीय समयअनुसार शुक्रबार बिहानबाट आँधीको असर सुरु हुने बताइएको छ । सो क्षेत्रमा भारी वर्षा हुने पनि मौसमविद्ले बताएका छन् । बाढीपछि पनि केही फिटसम्म पानी जम्ने चेतावनि दिइएको छ ।

उत्तरी र दक्षिणी केरोलिना र भर्जिनियाका लगभग १७ लाख मानिसलाई सुरक्षित स्थानमा सर्न चेतावनी दिइएको छ । आँधीको चेतावनी र भारी वर्षाका कारण १४ सय भन्दाबढी हवाई उडान रद्द गरिएसँगै विमानस्थल पूर्ण रुपमा बन्द भएका छन् ।