विरोधपछि कर संकलन स्थगित
वि.सं.२०७५ भदौ २९ शुक्रवार १४:२१
shares

तेह्रथुमको म्याङलुङ नगरपालिकाले ढुङ्गा, गिटी र बालुवामा लगाउँदै आएको कर तत्कालका लागि बन्द गरेको छ । शुक्रबारे हटियामा उठाउँदै आएको कर पनि हटाइएको छ । अव्यावहारिक रूपमा कर असुली भएको भन्दै नगरवासीबाट विरोध हुन थालेपछि नगरपालिकाले तत्काललाई कर सङ्कलन नगर्ने भएको हो ।
यसअघि ठेक्कामार्फत नगरपालिकाले कर सङ्कलन गर्दै आएकोमा ठेकेदारले आफूखुशी कर लिएको भन्दै नगरबासी विरोधमा उत्रिएपछि कर सङ्कलन नगर्ने निर्णय गरेको नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले जानकारी दिए ।
। यसअघि नगरपालिकाले शुक्रबारे हटियामा डोकामा साग र निगुरो बेच्नेसँग समेत कर उठाएकोमा आलोचना भएको थियो ।
प्रसूति हुनेहरूलाई एम्बुलेन्स खर्च
म्याङलुङ नगरपालिकाले जिल्ला अस्पतालमा प्रसूति हुन आउने नगर क्षेत्रका महिलालाई एम्बुलेन्स खर्च उपलब्ध गराउने भएको छ । सरकारले स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने महिलालाई यातायात खर्चबापत दुई हजार रूपैयाँ उपलब्ध गराउँदै आएको छ ।

























