एकदिवसीय क्रिकेटमा नेपाली यूवा टोलीले भारतको सामना गर्दै
वि.सं.२०७५ भदौ २९ शुक्रवार १५:००
shares

भारतको लखनउमा जारी एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत नेपालको यू–१९ र भारतको यू–१९ ‘ए’ बीच खेल सुरू भएको छ ।
लखनउमा सुरू भएको खेलमा टस जितेर नेपालले पहिलो ब्याटिङ रोजेको छ । आगामी असोजमा बंगलादेशमा हुने यू–१९ एसिया कपको तयारीका रुपमा हेरिएको प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतको बी टोलीसँग हार व्यहोरेको थियो ।
नेपाली टोलीमा कप्तान आसिफ शेख, रवी शाह, तृतराज दास, विपिन रावल, लोकश बम, पवन सर्राफ, रित गौतम, किशोर महतो, रसिद खान, भीम शार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, सागर ढकार, अरुण ऐरी र सम्साद आलम रहेका छन् । प्रशिक्षक विनोद दासले आजको खेलमा ब्याटिङमा सुधार आवश्यक रहेको बताए ।
























