काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रदेशलाई नमुना बनाउने योजनामा कर्मचारी ‘बाधक’

15.31K
shares

प्रदेश नम्बर ५ को सरकारले गत असार १ गते आर्थिक बर्ष २०७५/०७६ का लागि २८ अर्ब ९ करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । जसमा केन्द्र सरकारबाट ५ वित्तीय समानीकरणमा ६ अर्ब ८६ करोड र सशर्त अनुदानबाट ९ अर्ब ६७ करोड गरी १६ अर्ब ५४ करोड बजेट पाएको थियो । मन्त्रालयगत रुपमा प्रदेश सरकारले रातो पुस्तिका (बजेट पुस्तक) समेत सार्वजनिक गरेको छ । बजेट सर्वजनिक भएपछि विकासका काम धमाधम अगाडी बढ्ने स्थानीयले अपेक्षा गरेका थिए । तर, ठिक विपरित काम भइरहेको छ । बजेट आएको ३ महिना बितिसक्दा समेत काम अगाडी बढेको छैन ।

बजेटमा कृषि, पर्यटन, उद्योग, तथा पूर्वाधार स्वास्थ्य विकासलाई प्राथमिकता दिएको बजेटमा आधाभन्दा बढि बजेट साझेदारी, उपभोक्ता समिति, समुह तथा सहकारी, संघ–संस्था मार्फत गरिने उल्लेख छ । तर, कुन बजेट कसरी के आधारमा कति प्रतिशतको आधारमा गर्ने भन्ने स्पष्ट कार्यविधि मन्त्रालयहरुले नबनाएकाले विकासका काम हुन नसकेको हो । केही जनचेतानमुलक कार्यक्रमहरु मातहतका मन्त्रालयहरुले गरे पनि अन्य काम अगाडी बढेको छैन ।

प्रदेश ५ को सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले कर्मचारीहरु नै नआएको कारण कार्यविधि निर्माण लागायतका अन्य कामहरु प्रभावित भएको बताए । असार महिनामा नै फुलफेजमा कर्मचारी आउने र सोही अनुसार काम अगाडी बढ्ने अपेक्षा थियो । तर, दक्ष कर्मचारी नहुँदा बजेट कार्यान्वयनमा समस्या भएको उनको भनाइ छ ।

‘कर्मचारी फुलपेजमा नआएको कारण सबै मन्त्रालयमा समस्या छ, काम समयमा नै पूरा नहुने चिन्ता बढेको छ,’ मन्त्री चौधरीले भने । आफू मातहतको मन्त्रालयमा सिंचाइ महाशाखाका कार्मचारीहरु आउन लागेको मन्त्री चौधरीले बताए । कही कर्मचारी आएका छन्, इन्जिनियर अझै आएका छैनन्, केन्द्रले कहिले पठाउने हो टुंगो छैन । कर्मचारी नभएपछि कसरी सर्भे गर्ने, कसरी काम अगाडी बढाउने अन्यौलतो छ,’ मन्त्री चौधरीले गुनासो गरे ।

भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गतको भवन निर्माण महाशाखाका कर्मचारी अझै आएका छैनन् भने सडक निर्माण महाशाखामा पनि उस्तै छ । अन्य मन्त्रालयमा पनि सोहीे समस्या छ । दरबन्दी अनुसार पूरा कर्मचारी प्रदेश मातहतमा नआएको कारण समस्या भएको उनको भनाइ छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा अहिले जिल्ला जिल्लामा कृषि ज्ञान केन्द्र समेत स्थापना गर्ने क्रम जारी छ । प्रदेश सरकारका योजनाहरु ज्ञान केन्द्र मार्फत अगाडी बढ्नेमा भने समस्या नरहेको मन्त्री चौधरीले बताए ।

यता, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का लेखा अधिकृत लक्ष्मण पौडेलले विभिन्न कृषि समूह, सहकारी तथा संघ संस्थाहरुले गर्ने कार्यक्रमको स्पष्ट कार्यविधि नै नआएको कारण बजेट खर्चमा समस्या भएको बताए । यो शिर्षकको बजेट यसरी सञ्चालन गरिने छ भनेर कार्याविधि आएमा कुनै समस्या नहुने उनको दाबी छ । प्रदेश सरकारले बजेटमा व्यवस्था गरे अनुसारको ‘प्रदेशलाई नमुना बनाउने’ योजनामा पनि ढिलाइ भएको मन्त्री चौधरीको भनाइ छ ।

बजेट आएको तीन महिनासम्म पनि कार्यान्वयन नहुँदा अबको नौं महिनामा प्रदेश सरकारको बजेट पूर्णरुपमा खर्च हुनेमा आशंका देखिएको छ । केन्द्र सरकारले विनियोजन गरेको बजेट सक्नकै लागि आर्थिक बर्षको अन्तिममा धामाधाम काम गर्ने परम्परा प्रदेश सरकारमा देखिने संकेत छ । त्यसलाई रोक्न प्रदेश सरकार सजग रहन सरोकारवालाले सुझाव दिएका छन् ।