लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध, पहिराे हटाउन एक महिना लाग्ने
वि.सं.२०७५ भदौ २९ शुक्रवार १७:२०
shares

लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध भएको छ । सो सडकखण्डको विभिन्न ठाउँमा पहिरो झरेका कारण अवरुद्ध भएको हो । पहिरोले सडक भास्सिनुका साथै बाढीले सडक बगाएपछि सवारी साधन चलेका छैनन् । पहिरो हटाउन कम्तिमा एक महिना लाग्ने बताइएको छ ।
लमजुङका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकाललले कतिपय ठाउँमा चट्टान फोरेर सडक बनाउनु पर्ने भएकाले सडक खोल्न एक महिना लाग्ने बताए । छिटो काम गर्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिइएको उनले बताए । बेँसीशहर–६ खरखरे, मस्र्याङदी–३ अर्खले, मस्र्याङदी–४ घोप्टे भीर, श्रीचौर, च्याम्चेलगायतका ठाउँमा पहिरो झरेको छ ।
त्यस्तै अर्खले खोला, रामबजारको तोप्रो खोलालगायतका खोलाले सडक बगाएको छ । सडक अवरुद्धपछि सवारीसाधनबीच बाटोमै रोकिएका छन् । अलपत्र परेका ३० जनाभन्दा बढी यात्रुलाई बिहीबार नेपाली सेना र प्रहरीले उद्धार गरेको थियो ।

























