काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौं-पटना-बोधगया सीधा यातायात सञ्चालन

15.35K
shares

काठमाडौंदेखि भारतको बिहार राज्यका मोतिहारी, मुजफ्फरपुर, पटना र बोधगयाका लागि सीधा यातायात सेवा सञ्चालनमा आएको छ । बिहार राज्य पथपरिवहन निगम र स्वयम्भू मञ्जुश्री यातायात प्रालिको सहकार्यमा काठमाडौंदेखि पटना, बोधगयासम्म बस सेवा सञ्चालनमा आएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले संयुक्त रूपमा हरियो झण्डा फहराएर बस सेवा सञ्चालनको शुभारम्भ गरे । जनकपुरदेखि पटनाका लागि पनि ३१ गते आइतबारदेखि सीधा बस सेवा सुरु हुनेछ ।

स्वयम्भू मञ्जुश्री यातायातले भारतका नयाँ क्षेत्रमा यातायात सञ्चालन गरेसँगै अनलाइनबाट बस टिकट काट्न सकिने सेवाको समेत सुरुवात गरेको छ । अबदेखि यात्रुले धधध।mबलवगकजचभभथबतबथबत।अयm।लउ मार्फत् अनलाइनटिकट काट्न सक्नेछन् । यसैगरी, बससेवाको वेबसाइट बससेवा डट कम ९धधध।दगककभधब।अयm० तथा बस सेवाको मोबाइल एप्स, ई–सेवाको वेबसाइट तथा मोबाइल एप्लिकेसनबाट समेत टिकट काट्न सकिनेछ । ई–सेवा एकाउन्ट नभएका यात्रुले आफ्नो टोल छिमेकमा रहेका ई–सेवाका जोन तथा प्वइन्टबाट टिकट काट्न सक्ने कम्पनीले जनाएको छ ।

कार्यक्रममा यातायातमन्त्री महासेठले दुई देशबीच इतिहासदेखि नै सुमधुर सम्बन्ध रही आएकोमा पछिल्लो समय अझ उचाइमा पुगेको बताए । त्यस्तै, राजदूत पुरीले पटना, बोधगयालगायतका क्षेत्रमा सीधा यातायात सुरु हुनुले दुई देशबीच यातायात सुविधा अझ सहज हुने र सम्बन्ध बलियो बनाउन सहयोग पुग्ने धारणा राखे ।