काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

निर्मला हत्या प्रकरणको छानबिन अन्तिम चरणमा : गृहमन्त्री थापा

12.56K
shares

गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याको सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएका छन् । शुक्रबार राष्ट्रियसभामामा गृहमन्त्री थापाले निर्मला हत्याको सत्यतथ्य बाहिर ल्याउने बताएका हुन् ।

घटनाका विषयमा सुक्ष्म अनुसन्धान भइरहेहको भन्दै गृहमन्त्री थापाले उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन बुझाउन बाँकी रहेको बताए ।  छानबिन अन्तिम चरणमा पुगेकाले घटनामा संलग्नलाई कारबाही गर्ने उनले प्रतिबद्धता जनाए ।

बिहिबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसले निर्मला हत्याबारे सदनलाई जानकारी गराउन र दोषीलाई कारबाहीको माग गर्दै केहिबेर संसद बैठक अवरुद्ध गरेको थियो । गृहमन्त्रीले सदनलाई जानकारी गराउने बताएपछि कांग्रेसले अवरोध हटाएको थियो ।

राममनोहर यादवको मृत्यु हिरासतमा नभई उपचारको क्रममा

गृहमन्त्री थापाले बर्दियामा पक्राउ परेका राममनोहर यादवको मृत्यु हिरासतमा नभई उपचारको क्रममा भएको बताएका छन् । वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाएको भन्दै पक्राउ परेका यादवको मृत्यु हिरासतमा नभई उपचारको क्रममा भएको बताएका हुन् । भदौ ७ गते पक्राउ परेका यादवलाई प्रहरीले पक्राउ गरेको थियो । गृहमन्त्री थापाले संविधान विपरित विखण्डनकारी नारा लगाएकाले यादवलाई प्रहरीले पक्राउ गरेको जानकारी गराए ।

रोहित पुनको हत्या राजनीतिक नभई लेनदेन

गृहमन्त्री थापाले रोल्पाका तरुण दलका नगर अध्यक्ष रोहित पुनको हत्या राजनीतिक नभई लेनदेनको विवादका कारण भएको जवाफ दिएका छन् । गोली प्रहार गर्नेलाई पक्राउ गरिएको उनले बताए ।

पत्रकार राजु बस्नेत विरुद्ध उजुरी परेकाले पक्राउ

गृहमन्त्री थापाले पत्रकार राजु बस्नेत विरुद्ध उजुरी परेकाले पक्राउ गरिएको बताए । दृष्टि साप्ताहिकको समाचार साभार गरेको अाधारमा प्रहरीले पत्रकार बस्नेतलाई पक्राउ गरेको थियो । पत्रकार बस्नेतले नेकपा नेतृ पम्फा भुसाल र नेता राजकाजी मर्हजनमाथि गलत आरोप लगाएको भन्दै उजुरी परेकाले पक्राउ गरिएको उनले जवाफ दिए ।