काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बराह खबरले मनायो पहिलो वार्षिकोत्सव

16.15K
shares

सुनसरीको धार्मीक तथा पर्यटकीय नगरी बराहक्षेत्रलाई कार्यक्षेत्र बनाइ प्रकाशन हुँदै आएको बराह खबर साप्ताहिक पत्रिकाले आफ्नो पहिलो वर्षगाँठ मनाएको छ । सुनसरीको प्राचिन हरिद्वाराको नामले परिचित चतरास्थित श्री रामानन्द पीठको सभाहलमा विशेष कार्यक्रमको आयोजना गरी पत्रिकाले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको हो ।

पत्रिकाको वर्षगाँठको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले स्थानीय स्तरका समस्या, चुनौती र विकासलाई केन्द्रमा राखी पत्रिका प्रकाशन हुनु बराहक्षेत्रबासीका लागि गर्वको कुरा भएको बताए । मोफसल पत्रकारिता चुनौतिपूर्ण रहे पनि आफ्नो कर्तव्य सम्झेर पत्रकारले काम गर्नुपर्नेमा उनको जोड थियो । पछिल्लो समय राज्यले पत्रकारमाथि हस्तक्षेप बढाएको दाबी गर्दै उनले यस्तो प्रवृत्ति नरोकिए प्रतिकार गर्न तयार भएर बस्नुपर्ने बताए । पत्रकारले फोटो खिचाउनका लागि अनुमति लिनुपर्ने व्यवस्था प्रजातान्त्रिक मुलुकमा अशोभनीय हुने उनको तर्क थियो ।

यस्तै सुनसरी जिल्ला पत्रकार महासंघका अध्यक्ष कमर खड्काले पत्रिकालाई निरन्तर प्रकाशनको शुभकामना दिए । अहिलेसम्म सञ्चारमाध्यम नभएकै कारण बराह क्षेत्र र छिमेकी बेलका नगरपालिका आझेलमा परेको बताए ।

कार्यक्रममा बराहक्षेत्र नगरपालिका उपप्रमुख कमला मगरले सँगै स्थापना भएका बराह खबर र नगरपालिका दुबै अभ्यासको क्रममा रहेको बताइन् । कतिपय नगरपालिकाको नजरमा नपरेका विषयवस्तुसमेत पत्रिकाले समाजमा ल्याइ नगरपालिकाको ध्यानाकर्षण गराउन सक्नु पत्रिकाको सबल पक्ष भएको उनको भनाइ थियो ।

बेलका नगरपालिकाका मुख्य सल्लाहकार नारद निरौलाले बराहक्षेत्रबाट प्रकाशन भए पनि बेलका नगरपालिकालाई समेत प्राथमिकता दिएको भन्दै पत्रिका प्रकाशकलाई धन्यवाद दिए । यस्तै नेपाली कांग्रेसका बराहक्षेत्र संयोजक तथा नेपाली कांग्रेस महासमिति सदस्य बाबुराम बिष्टले अहिलेको सरकारले पत्रकारीता क्षेत्रमा हतकडी लगाएको भन्दै पत्रकारहरु सजक हुनुपर्ने बताए । बराहक्षेत्रबाट पहिलोपटक प्रकाशनमा आएको बराह खबर पत्रिकाको संरक्षणमा स्थानीय सरकार तथा सबै संघसंस्था लाग्नुपर्नेमा उनको जोड थियो ।

आदर्श माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रह्लाद भट्टराईले पत्रिकाहरु गल्तीको, खल्तीको र चल्तीको हुने बताए । जहिले पनि गल्तीमात्र भएको देख्ने र गल्तीमात्र देखाउने पत्रिकालाई गल्तीको, जहिले पनि कुनै समुदाय, सम्प्रदाय, दल विशेषकोमात्र गुणगानमात्र गाउने पत्रिका खल्तीको र समाजमा हुने गरेका यथार्थ जानकारी दिने पत्रिका चल्तीको भएको उनले बताए । भट्टराईले बराह खबर चल्तीको पत्रिका रहेको दाबी गरे ।

पत्रिकाका सम्पादक विजय राउतले सत्यतथ्य समाचार लेख्न हात नकमाउने प्रतिबद्धता जनाए । भ्रष्टाचार, कुशासन र हिंसाविरुद्ध सधैं उभिने संकल्पसहित आफूहरु अघि बढेको उनको भनाइ थियो ।

कार्यक्रममा सुनसरीका अग्रज कलाकार श्याम कट्वालले स्थापनाको एकवर्ष बित्दा वराह खबरले समुदायमा खेलेको रचनात्मक भूमिकालाई स्थानीयले बुज्नुपर्ने बताए । कार्यक्रममा एक हातले ताली बजाएर चर्चामा आएका बेलका नगरपालिका ९ का कलाकार भरत घिमिरले स्थानीय स्तरमा स्टथापित सञ्चारमाध्यमको संरक्षणमा सबैले साथ दिनुपर्नेमा जोड दिए । कार्यक्रममा उनले एक हातले ताली बजाएर सबैको ध्यान तानेका थिए ।

कार्यक्रममा विभिन्न कोणबाट समाजमा योगदान पुर्याएका पाँच जनालाई सम्मान पनि गरिएको थियो ।
२०१० सालदेखि बराहक्षेत्रको गरिमालाई लेखन तथा साहित्यबाट राष्ट्रिय रुपमा परिचित गराउन सक्रिय कवि मान बज्राचार्य, कलाकार तथा पूर्वराष्ट्रिय खेलाडी श्याम कट्वाल, विगत २३ वर्षदेखि पत्रकारीता क्षेत्रमा सक्रिया कोशी सम्मान साप्ताहिक पत्रिकाका सम्पादक हिरण्य कार्की, नेपालकै होची भनी दाबी गरिएकी सुनसरी जिल्ला प्रकाशपुरकी कल्पना कविरथ र एक हातले ताली बजाएर चर्चामा आएका कलाकार एवं सम्मृद्ध बेलका साप्ताहिकका प्रकाशक भरत घिमिरे सम्मानित भएका थिए ।