global ime bank Long Banner Ad

गृहपृष्ठ नेकपाका प्रवक्ता प्रकाण्ड ४९ दिनपछि रिहा

नेकपाका प्रवक्ता प्रकाण्ड ४९ दिनपछि रिहा

नेकपाका प्रवक्ता प्रकाण्ड ४९ दिनपछि रिहा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशपछि प्रवक्ता प्रकाण्ड मंगलबार रिहा भएका हुन् । प्रकाण्डलाई रिहा गर्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो ।

अब उनलाई पुन पक्राउ नगर्ने समेत सहमति बनेको जनाइएको छ । गृहमन्त्री रामबहादुर थापा बादलसँग भएको वार्तापछि फेरि पक्राउ नगर्ने सहमति बनेको गृह स्रोतको भनाई छ । प्रकाण्डलाई स्थानीय तथा प्रतिनिधिसभाको निर्वाचनका समयमा देशका विभिन्न जिल्लामा भएको विस्फोट तथा अन्य आक्रमणका घटनामा मुख्य अभियुक्त बनाउँदै प्रहरीले पक्राउ गरेको थियो ।

सुरुमा काठमाडौंको दक्षिणकाली नगरपालिकाबाट पक्राउ गरिएका विश्वकर्मा विभिन्न जिल्लाका अदालतमा चलेको मुद्दाका आधारमा प्रहरीले अड्डासार गर्दै लगेको थियो । उनलाई काठमाडौं, काभ्रे, नुवाकोट, दाङ, भोजपुरसहितका जिल्लामा लगेर मुद्दा चलाइएको थियो ।

उनलाई राज्यले गैरन्यायिक रुपमा हिरासतमा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दाय भएको थियो । रिटमा सुनुवाइ गर्दै सर्वोच्चले रिहा गर्न आदेश दिए पनि प्रहरीले तत्कालै पक्राउ गर्ने गरेको थियो ।

प्रकाशित समय : ००:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु