global ime bank Long Banner Ad

गृहपृष्ठ दसैंको नयाँ नोट असोज २१ देखि

दसैंको नयाँ नोट असोज २१ देखि

दसैंको नयाँ नोट असोज २१ देखि

नेपाल राष्ट्र बैंकले दसैंलाई लक्षित गरी १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट निष्कासन गरेको छ । राष्ट्र बैंकका राष्ट्र ऋण तथा मुद्रा व्यवस्थापन विभागका प्रमुख कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले दसैंलाई लक्षित गरी १३ अर्ब रुपैयाँको नयाँ नोट निष्काशन गरिएको बताए ।

सर्वसाधारणलाई वितरण गरिने उक्त नयाँ नोट बैंकहरुलाई भने १२ गते शुक्रबारदेखिनै वितरण गरिने राष्ट्रबैंकले जनाएको छ । बैंकलाई १२ गतेदेखिनै नयाँ नोट वितरण गरिने भए पनि सर्वसाधारणले भने नयाँ नोटका लागि २१ गतेसम्म कुर्नुपर्ने भएको छ ।

५, १०, २०, ५० र १०० दरका नोट १३ अर्ब रुपैयाँभन्दा बढी सटही प्रयोजनका लागि निष्काशन गरेको निरौलाले बताए । नेपाल राष्ट्र बैंक थापाथली, राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका काठमाडौंका विभिन्न ठाउँका लगभग १६ शाखा मार्फत नयाँ नोट सर्वसाधारणले पाउनेछन् ।

काठमाडौं बाहिरबाट पनि सरकारी नोटकोष भएको बैंकबाट नयाँ नोट वित्तरण गरिने निरौलाले जानकारी दिए । प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकको तयारी छ । गत वर्ष १२ अर्ब रुपैयाँ जति निष्काशन गरेकोमा यसवर्ष १३ अर्ब रुपैयाँ भन्दा बढी रहने उनले बताए ।

प्रकाशित समय : ००:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु