global ime bank Long Banner Ad

गृहपृष्ठ पटक पटक पक्राउ परेका प्रकाण्ड भन्छन्- राज्यले ठूलो मूल्य चुकाउनुपर्छ

पटक पटक पक्राउ परेका प्रकाण्ड भन्छन्- राज्यले ठूलो मूल्य चुकाउनुपर्छ

पटक पटक पक्राउ परेका प्रकाण्ड भन्छन्- राज्यले ठूलो मूल्य चुकाउनुपर्छ

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफूलाई नियोजित रुपमा पूर्वाग्रही ढंगबाट पक्राउ गरिएको बताउँदै ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । ४९ दिनपछि रिहा भएका उनले केही व्यक्तिले सत्ताको आडमा टेकेर नियोजित रुपमा आफूलाई फसाएको दावी गरे ।

सर्वोच्च अदालतको निर्दाेश भन्दै थुनामुक्त गर्न आदेश दिएपछि रिहा भएका उनले पार्टीलाई बदनाम गर्न सरकारले बिना प्रमाणका आधार आफू र आफ्ना कार्याकतालाई झुटो मुद्दा लगाएर पक्राउ गरेको प्रकाण्डले बताए ।

‘केपी र प्रचण्ड र बादलको हिरासतबाट रिहा भएका छौं, अझ प्रतिकृयावादीहरुका सबै किसिमका षडयन्त्रविरुद्ध लागिरहने छौं,’ रिहापछि स्वागत गर्न माइतिघरमा आयोजित र्यालीपछिको कोणसभामा प्रकाण्डले भने, ‘पछिल्ला दिनमा प्रतिक्रान्तिकारी षडयन्त्र भइरहेको छ, ६ जिल्लामा लगेर ९ वटा झुटा मुद्धा लगायो ।’

प्रकाशित समय : ०१:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु