आमाको कुटाइबाट छोरीको मृत्यु
वि.सं.२०७५ भदौ ७ बिहीवार ००:२९
shares

आफ्नै आमाको कुटाइबाट बुधबार एक बालिकाको मत्यु भएको छ । मृत्यु हुनेमा विर्तामोड नगरपालिका-५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू)की आठ वर्षीया छोरी सफलता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विद्यालय पठाउने क्रममा कपाल कोर्न नमानेपछि बुधबार बिहान आमा हेमन्ताले छोरी सफलतालाई लाठीले कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकोे विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
सफलताको दाहिने कञ्चट, ढाड र दुवै हातमा नीलडाम देखिएको छ । हेमन्तालाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।
रासस

























