global ime bank Long Banner Ad

गृहपृष्ठ पेट्रोल पम्पहरुलाई विद्युतीय प्रणालीमा लैजाने आयल निगमको तयारी

पेट्रोल पम्पहरुलाई विद्युतीय प्रणालीमा लैजाने आयल निगमको तयारी

पेट्रोल पम्पहरुलाई विद्युतीय प्रणालीमा लैजाने आयल निगमको तयारी

नेपाल आयल निगमले मुलुकका सबै पेट्रोल पम्पहरुलाई विद्युतीय प्रणालीमा लैजाने भएको छ । निगमले मुलुकका सबै पेट्रोल पम्पलाई विद्युतीय प्रणालीमा सञ्चालन गर्ने योजना अघि सारेको हो ।

पेट्रोल पम्पहरु विद्युतीय प्रणालीमा सञ्चालित भए पेट्रोलियम पदार्थको कारोबार थप व्यवस्थित हुने भन्दै यसो गर्न लागिएको निगमले जनाएको छ । निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित गर्न पेट्रोल पम्पहरुलाई विद्युतीय प्रणालीमा सञ्चालन गर्ने योजना अघि सारिएको बताए ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर निगमले आफ्नो घाटा बढेको समेत जनाएको छ । निगमका अनुसार निगमको मासिक घाटा करिश ६४ करोड हुने निगमले जनाएको छ । विद्यमान घाटालाई पूर्ति गर्नु निगमका लागि मुख्य चुनौति रहेको भट्टराईले उल्लेख गरे । निगमलाई अहिले हवाई इन्धनबाट नाफा भइरहेको उल्लेख गर्दै भट्टराईले सोही कराण निगमलाई टिकाउन सकिएको बताए ।

प्रकाशित समय : १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु