global ime bank Long Banner Ad

गृहपृष्ठ आज विश्व पर्यटन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व पर्यटन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व पर्यटन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व पर्यटन दिवस । ‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्धन’ भन्ने नारासहित हरेक वर्ष सेप्टेम्बर २७ का दिन विश्व पर्यटन दिवस मनाइन्छ । नेपालले पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छ ।

भौगोलिक हिसाबले नेपाल विश्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ । यहाँका हिमशृंखला, मनोरम हरियाली वातावरण, जैविक अनि सांस्कृतिक विविधता हाम्रा पर्यटकीय सम्पत्ति हुन् । हिमाल आरोहणका लागि मात्रै बर्सेनि नेपालमा हजारौं पर्यटक आउँछन् तर यथोचित प्रचारप्रसार हुने हो भने यो संख्या लाखौंमा परिणत हुनसक्छ । नेपालमा पदयात्रा र धार्मिक पर्यटनको पनि सम्भावना उत्तिकै छ ।

पर्यटन संसारकै ठूलो उद्योग हो । तर, त्यो उद्योग सञ्चालमा नेपाल चुकिरहेको छ । सरकारले सन् २०२० लार्इ नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिसकेको छ । १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष मनाउने घोषणा गरेको हो । सन् २०२० मा जिडिपीमा पर्यटन क्षेत्रको योगदान हालको २ प्रतिशतबाट बढाएर पाँच प्रतिशत पुर्याउने लक्ष्य सरकारले लिएको छ ।

प्रकाशित समय : १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु