गृहपृष्ठ स्पेनिस ला लिगामा बार्सिलोनाको पहिलो हार
स्पेनिस ला लिगामा बार्सिलोनाको पहिलो हार
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पहिलो हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा लेगनेसले बार्सिलोनालाई २–१ ले पाखा लगाउँदै सिजनकै पहिलो हार चखाएको हो ।
लेगनेसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १२औं मिनेटमा फिलिप काउटिन्होको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा घरेलु टोलीले दुई गोल गर्दै जित निकाल्यो ।
५२औं मिनेटमा इजारले बराबरी गोल गरे भने लगत्तै ओस्कार रोड्रिगेजले गोल गर्दै टिमलाई जित दिलाएका हुन् ।
प्रकाशित समय : १३:४१ बजे


















