global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल-चीन बैठक : पारवहन सम्झौताको प्रोटोकल टुंग्याउँदै

नेपाल-चीन बैठक : पारवहन सम्झौताको प्रोटोकल टुंग्याउँदै

नेपाल-चीन बैठक : पारवहन सम्झौताको प्रोटोकल टुंग्याउँदै

नेपाल-चीन पारवहन यातायात सम्झौताको ‘प्राटोकल’लाई अन्तिम रुप दिन दुवै देशका अधिकारीको बैठक काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा हुन नसकेको प्रोटोकल सम्झौता टुङ्ग्याउन तेस्रो बैठक बुधबारदेखि काठमाडौंमा सुरु भएको हो ।

बिहीबार सकिने दुई दिने बैठकले सन् २०१६ मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा चीनसँग भएको व्यापार तथा पारवहन सम्झौताको प्रोटोकललाई टुंगो लगाउनेछ । बैठकमा नेपालतर्फका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैजूको नेतृत्वको ११ सदस्यीय टोली सहभागी छ ।

चिनियाँ यातायात मन्त्रालयअन्तर्गतको यातायात विभागका महानिर्देशक वाङ सिपिङको नेतृत्वमा नौ सदस्यीय टोली चीनको तर्फबाट सहभागी छ । यसबोहक बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका उच्च अधिकारी सहभागी हरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गएको साता नेपाली टोली चीन गएर छलफल गरेको थियो । त्यतिबेला तयार पारेको ड्राफ्टलाई अहिले अन्तिम रुप दिने बताइएको छ । असारमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा प्रोटोकललाई अगस्टभित्र टुंग्याउने सहमति भएको थियो । सोहीअनुसार एक साता ढिलो गरी प्रोटोकल सम्झौता हुन लागेको हो ।

प्रकाशित समय : २२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु