global ime bank Long Banner Ad

गृहपृष्ठ बंगलादेश एसिया कप क्रिकेटको फाइनलमा

बंगलादेश एसिया कप क्रिकेटको फाइनलमा

बंगलादेश एसिया कप क्रिकेटको फाइनलमा

बंगलादेश एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ ।

गएराति भएको खेलमा पकिस्तानलाई ३७ रनले पराजित गर्दै बंगलादेशले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो । भारत यसअघि नै सुपर फोरको खेलमा एकमा जीत र एक बराबरी खेल्दै फाइनल पुगिसकेको छ ।

पहिले ब्याटिङ गरेको बंगलादेशले मुस्फिकुर रहीमको ९९ तथा मोहम्मद मिथुनको ६० रनको मद्दतमा पाकिस्तानलाई २४० रनको लक्ष्य दिएको थियो ।

पाकिस्तानले लक्ष्य पछ्याउने क्रममा निर्धारित ओभरमा नौ विकेटको क्षतिमा २०२ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि इमाम हकले ८३ रन जोडे पनि हार टार्न भने सकेनन् ।

ब्रंगलादेशका मुस्ताफिजुर रहेमानले सर्वाधिक ४ विकेट लिएका थिए । अहिलेसम्म उपाधी जित्न नसकेको बंगलादेश तेस्रो पटक फाइनलमा पुगेको हो ।

प्रकाशित समय : १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु