global ime bank Long Banner Ad

गृहपृष्ठ प्रहरीको नागरिक सहायता कक्ष

प्रहरीको नागरिक सहायता कक्ष

प्रहरीको नागरिक सहायता कक्ष

जिल्ला प्रहरी कार्यालय गोरखाले चाडपर्वलाई लक्षित गरी सदरमुकाममा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

चाडपर्वका समयमा सर्वसाधारणलाई पर्न सक्ने समस्यालाई समाधान गर्न सजिलो होस् भन्ने उद्देश्यले बुधबार हरमटारी चोकमा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिएका छन् ।

कतिपय बेला यात्रुले आवाजजावतका लागि सवारी साधन नपाउने, यात्रुले महङ्गो भाडा तिर्नुपर्ने बाध्यता हुनसक्ने भन्दै त्यस्ता समस्या परेमा नागरिक सहायता कक्षमा आएर जानकारी दिनसक्ने व्यवस्था गरिएको प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिए ।

सहायता कक्षमा चाडपर्वको अवधीभर नियमित एक प्रहरी रहने व्यवस्था गरिएको उनकाे भनाइ छ ।

प्रकाशित समय : १५:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु