गृहपृष्ठ सरकारविरूद्ध शसक्त अान्दाेलन गर्ने विप्लव समूहकाे चेतावनी
सरकारविरूद्ध शसक्त अान्दाेलन गर्ने विप्लव समूहकाे चेतावनी
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले फेरि पक्राउ गरेपछि विप्लव समूह आक्रोशित भएको छ । उसले विज्ञप्ति जारी गर्दै श्रृंखलाबद्ध गिरफ्तारी नरोके सरकारविरुद्ध सशक्त संघर्ष गर्ने चेतावनी दिएको छ ।
‘सरकारले श्रृङ्खलाबद्ध गिरफ्तारी तुरुन्त रोकोस् र गिरफ्तार सबै कमरेडहरुलाई ससम्मान रिहा गरोस्,’ विज्ञप्तिमा विप्लवले भनेका छन्, ‘अन्यथा सरकारविरुद्ध सशक्त संघर्ष गर्न बाध्य हुनेछौं ।’
विप्लवले प्रहरीले पार्टीका नेता तथा कार्यकर्तालाई दिनदिनै अपहरणको शैलीमा पक्राउ गरी वेपत्ता बनाउने काम गरिहरेको आरोप लगाएका छन् । भदौ ५ मा पक्राउ परेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्कालाई पक्राउ गरी वेपत्ता बनाएको विप्लव समूहको दावी छ ।
यस्तै पोलिटब्यूरो सदस्यहरु पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की केन्द्रीय सदस्यहरु किरण राई, दीपेश राई, देवनारायण शाह, टेकबहादुर केसीलगायत दर्जनौं नेता कार्यकर्ता पक्राउ परेको नेकपाले जनाएको छ ।
प्रकाशित समय : २१:२३ बजे



















