काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भूमिगत समूहसँग वार्ता गर्न सरकारी समिति

13.06K
shares

सरकारले द्वन्द्वरत समूहसँग वार्ता गर्न उच्चस्तरीय वार्ता टोली गठन छ । गएराति बसेको मन्त्रीपरिषद बैठकले सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा उच्चस्तरीय वार्ता टोली गठन गरेको हो ।

वार्ता टोलीमा सुरेश आले मगर, तारानाथ चौधरी, लीला भण्डारी र गृह मन्त्रालयले तोकेको एकजना सहसचिव रहने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

राजनीतिक सहमतिबाट संविधानमा छुटेका विषयलाई वार्ताबाट समाधान खोज्न सरकारले समिति गठन गरेको हो ।

समितिले यसअघि विभिन्न समूहसँग भएको सहमति कार्यन्वन भएको नभएको प्रतिविदेन तयार पार्ने र ती समूहसँग वार्ता गर्ने जिम्मेवारी पाएको छ ।

नवगठित वार्ता टोलीले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव नेकपा समुहसँग वार्ताकाे प्रयास गर्नेछ । अहिले नेकपा समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा सहितका केही नेता  चन्दा असुली, विध्ङवसात्मक कार्यमा सलग्न भएको भन्दै प्रहरी हिरासतमा छन् ।

वार्ता टोलीका संयोजक पाण्डेले भने,‘हामीले सार्वजनिक वक्तव्य निकालेर द्वन्द्वरत सबै पक्षलाई वार्ताको आह्वान गर्नेछौं, पहिलो प्रयास विप्लव समूहसँग हुने छ,’ उनले न्युज कारोबारसँग भने ।