global ime bank Long Banner Ad

गृहपृष्ठ मोरङका सबै सार्वजनिक कार्यालयमा सीसी टिभी क्यामेरा

मोरङका सबै सार्वजनिक कार्यालयमा सीसी टिभी क्यामेरा

मोरङका सबै सार्वजनिक कार्यालयमा सीसी टिभी क्यामेरा

जिल्ला प्रशासन कार्यालय मोरङले सीसी क्यामेरा सञ्चालन गराउन सबै सार्वजनिक कार्यालयलाई पत्र पठाएको छ । सीसी क्यामेरा जडान गरेका कार्यालयहरुलाई सञ्चालन गर्न र नगरेका कार्यालयलाई तत्काल जोड्न प्रशासन कार्यालयले पत्र पठाएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सुरक्षाको दृष्टिकोणले क्यामेरा सञ्चालन गर्न पत्र पठाइएको बताए । प्रजिअ केसीले चौकिदार नभएका कार्यालयहरुलाई चौकिदार राख्न आग्रह गरिएको बताए ।

सार्वजनिक निकायले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर मात्र सीसी क्यामेरा जडान गर्न पाउँछ भने व्यक्तिगत रुपमा राख्नुपर्दा प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।

महानगरमा केही साताअघि भएको बमकाण्डको भिडियो रेकर्ड नभएको पाइएपछि प्रहरीलाई अनुसन्धान गर्न समस्या भएको थियो । तीन साता लामो अनुसन्धान पछि प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित समय : १९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु