global ime bank Long Banner Ad

गृहपृष्ठ पोखरा उद्योग वाणिज्य संघमा प्रजु प्यानलबाट उमेदवारीको घोषणा

पोखरा उद्योग वाणिज्य संघमा प्रजु प्यानलबाट उमेदवारीको घोषणा

पोखरा उद्योग वाणिज्य संघमा प्रजु प्यानलबाट उमेदवारीको घोषणा

पोखरा उद्योग वाणिज्य संघको आउँदो असोजको ५ र ६ गते हुने ३२ औँ महाधिवेशनमा रविन्सन प्रजुले प्यानलसहित उम्मेदावरी घोषणा गरेका छन् । संघका हाल बरिष्ठ उपाध्यक्ष समेत रहेका प्रजुले बिहीबार पत्रकार सम्मेलन गरी घोषणा गरेका हुन् । आफूहरु व्यवसायिक ढंगले समाजवेसी भएको भन्दै १७ सदस्यीय टिमको उम्मेदवारीको घोषणा गरेका छन् ।

संघमा विगत १२ वर्षदेखि लाग्दै आएको अनुभवले हाल आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति गठनको लागि प्यानल सहित आफूहरु चुनावी मैदानमा जुटेको अध्यक्षका प्रत्यासी प्रजुले बताए । उनले भने, ‘हामीले संघको गरिमा बढाउने गरी सहमतीबाटै अघि जान खोल्दा खोल्दै सामाजिक संजाल मार्फत एकाएक उमेदवारीको घोषणा भएसँगै हामीहरु पनि चुनावी मैदानमा उत्रिन बाध्य भएका हौं ।’

पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष समेत रहेका प्रजुले जनसेवा र व्यवसायिक सेवामा आफू कटिवद्ध भएर लाग्ने बताए । सर्वसम्मतबाटै आफूहरु जान चाहँदा चाहँदै सहमति भाँडिएकोले अब पुनः सहमति हुने सम्भावना न्यून रहेको समेत प्रजुले जनाए । प्रजु नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

अध्यक्षका प्रत्यासी प्रजुको प्यानलमा बरिष्ठ उपाध्यक्षमा नारायण कोईराला, उद्योग तर्फको उपाध्यक्षमा विन्दु कोईराला सुवेदी, बाणिज्य तर्फको उपाध्यक्षमा पवन प्रजापति, महासचिवमा अर्जुन पोख्रेल, कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छे, उप महासचिवमा चिनु गुरुङ रहेका छन। त्यसै गरी सदस्यहरुमा बलराम बराल, केशब बहादुर खत्री, दिनेश चन्द्र बास्तोला, कुमारी मुना बास्तोला, कीर्तिवल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी, रामप्रसाद गौतम, शोभा गौतम र रामेश्वर अधिकारी रहेका छन् ।

प्रकाशित समय : १९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु