global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेश ७ को राजधानी गोदावरी र नाम सुदूरपश्चिम पारित

प्रदेश ७ को राजधानी गोदावरी र नाम सुदूरपश्चिम पारित

प्रदेश ७ को राजधानी गोदावरी र नाम सुदूरपश्चिम पारित

प्रदेश ७ को राजधानी गोदावरी नगरपालिका २ तेघरीमा र नाम सुदूरपश्चिम हुने निश्चित भएको छ । प्रदेश सभाको शुक्रबार बसेको बैठकले प्रदेशको राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने प्रस्ताव पारित गरेकाे हो ।

प्रतिपक्ष कांग्रेसको अवरोधकाबीच सो प्रस्ताव दुई तिहाइले पारित गरिएकाे हो । प्रदेश ७ मा ५३ सांससद रहेकोमा प्रस्तावको पक्षमा ३८ मत परेको खसेको थियो । कांग्रेस र राजपाका १४ सांसद मतदानमा सहभागी भएनन् ।उनीहरुले बैठक बहिस्कार गरेका थिए ।

बैठक सुरु भएलगत्तै कांग्रेसले सभा हल भित्र नाराबाजी समेत गरेको थियो । कांग्रेस, राजपा र धनगढीबासीको आन्दोलनकाबीच सो प्रस्ताव पारित भएको हो । यसअघि कर्णाली र गण्डकी प्रदेशले आफ्नो नाम र राजधानी तोकेका थिए ।

प्रकाशित समय : २३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु