गृहपृष्ठ सुरु भएको दुई दिनमै ए डिभिजन लिग स्थगित, बंगबन्धु तगारो
सुरु भएको दुई दिनमै ए डिभिजन लिग स्थगित, बंगबन्धु तगारो
शनिबारदेखि सुरु भएको शहिद स्मारक ए डिभिजन लिग अनिश्चितकालका लागि स्थगित भएको छ ।
बंगलादेशमा आयोजना हुने बंगबन्धु गोल्डकपका लागि राष्ट्रिय टिमका खेलाडि क्याम्पमा गएपछि अर्को सूचना जारी नभएसम्मका लागि भन्दै अखिल नेपाल फुटबल संघ एन्फाले लिग स्थगित गरेको हो । ४ वर्षपछि सुरु भएको लिग दुई दिनमै स्थगित भएपछि क्लबहरु अन्योलमा परेका छन् ।
यसैबीच, लिगको आजको खेलमा संकटा क्लबले बिजयी सुरुवात गरेको छ । आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा संकटाले सरस्वती क्लबलाई १–० गोलले पराजित गरेको हो ।
पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको इन्जुरी टाइममा गोल गर्दै संकटाले लिगमा विजयी सुरुवात गर्यो । संकटाका लागि लक्ष्मण रुचालले गोल गरेका थिए ।
शनिबारको उद्घाटन खेलमा आर्मी र एनआरटीले २–२ गोलको बराबरी खेलेका थिए ।
प्रकाशित समय : ०१:५० बजे



















