गृहपृष्ठ गुणस्तरीय खाद्यान्न व्यवस्था गर्न संसदीय समितिको निर्देशन
गुणस्तरीय खाद्यान्न व्यवस्था गर्न संसदीय समितिको निर्देशन
संसदीय समितिले दसैं, तिहार, छठमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्नको उचित व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबारको वैठकले चाडपर्वमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्न व्यवस्था गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिले दैनिक उपभोग्य वस्तुको कालोबजारी रोक्न आवश्यक अनुगमनको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन् ।
समितिले भत्किएको कालीगण्डकी तटबन्ध आगामी वर्षात्को समयअघिनै मर्मत गर्न गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ । बनेको एक वर्ष नबित्दै तटबन्ध भत्किनुको कारण समितिमा एक हप्ताभित्र पेश गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई पनि निर्देशन दिइएको छ ।
प्रकाशित समय : ०२:३२ बजे



















