काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अन्तर प्रदेश परिषद्को बैठकको तयारी पूरा

7.41K
shares

आगामी आइतबार हुने अन्तर प्रदेश परिषद्को बैठकको तयारी पूरा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने बैठकको तयारी पूरा भएको कार्यालयका सचिव लक्ष्मणप्रसाद मैनालीले जानकारी दिए । मुलुक संघीयतामा गइसकेपछि पहिलो पटक संघ र प्रदेशबीच बैठक हुन थालेको हो ।

संविधानको धारा २३४ मा संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न देहायबमोजिमको एक अन्तर प्रदेश परिषद् रहने व्यवस्था रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहने परिषद्मा गृहमन्त्री रामबहादुर थापा अर्थमन्त्री डा युवराज खतिवडा र सातवटै प्रदेशका मुख्यमन्त्री सदस्य रहेका छन् ।

संघ र प्रदेश तथा प्रदेश–प्रदेश बीच देखिएका राजनीतिक विवादलाई समाधान गरिने सचिव मैनालीले जानकारी दिए । उनका अनुसार आइतबार बस्ने बैठकमा परिषद्का सदस्यबाहेक सङ्घका सबै मन्त्री, राज्यमन्त्री, महान्यायाधिवक्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सबै मन्त्रालयका सचिव र मुख्ममन्त्री कार्यालयका सचिवको समेत सहभागी हुनेछ । बैठकमा देखिएका विवादको विषयमा सम्बन्धित सरकारको मन्त्री र सम्बन्धित प्रदेशको मन्त्री तथा विशेषज्ञलाई आमन्त्रण गर्न सक्ने व्यवस्था गरिएको छ ।
(रासस)