सेयर बजार बढ्यो
वि.सं.२०७५ मंसिर १८ मंगलवार २३:४१
shares

सेयर बजार परिसूचक नेप्से साताको तेस्रो दिन मंगलबार १० अंकले बढेको छ । व्यापार र होटलबाहेकका सबै समूह बढेपछि बजार परिसूचक १०.२७ अंकले उकालो लाग्दै ११४२.०१ अंकमा पुगेको हो । आइतबार १७ अंकले घटेको बजार सोमबार पनि सामान्य बढेको थियो ।
सबैभन्दा धेरै विकास बैंक २.२३ र अन्य समूह २.५८ प्रतिशतले बढेका छन् भने बैंक, जलविद्युत, वित्त, जीवन बिमा, निर्जीवन बिमा र लघुवित्त समूह सामान्य उकालो लागेका छन् ।
बजार परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । मंगलबार १६१ कम्पनीको ३८ करोड २६ लाख रुपैयाँबराबरको १२ लाख २२ हजार १४४ कित्ता सेयर किनबेच भएको छ । सोमबार ६३ करोड ७९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो । बढेको बजारमा लक्ष्मी लघुवित्त, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलगायतका लगानीकर्ताले कमाएका छन् ।
























