काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रोजगारदाता कम्पनी सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन थाले

9.02K
shares

रोजगारदाता कम्पनीहरू सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन थालेका छन् । सामाजिक सुरक्षा योजनाअन्तर्गत झण्डै दुई सयभन्दा बढी कम्पनी कोषमा सूचीकृत भइसकेका हुन् ।

कोषमा सूचीकृत हुन सामाजिक सुरक्षा कोषले गएको कार्तिक २६ मा सूचना प्रकाशित गरेको थियो । यससँगै कम्पनीहरू सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन थालेका कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले जानकारी दिए । ‘मंसिर ६ गतेदेखि कोषमा सूचीकृत गरिन थालिएको छ, काठमाडौं उपत्यकाका निजी कम्पनीहरुको आवेदन अनुसार सूचीकृत गर्ने काम भईरहेको छ ।’

तीन महिनाभित्र उपत्यकाका सबै कम्पनी कोषमा सूचीकृत भइसक्ने उनले बताए । आउँदो आर्थिक बर्षसम्ममा सबै कम्पनीमा आबद्ध श्रमिकलाई पनि कोषमा अनिवार्य सूचीकृत गराउनु पर्ने अधिकारीले जानकारी दिए । उनले भने ‘फागुन ६ गतेभित्र काठमाडौं उपत्यकाका सबै रोजगारदाता कम्पनीले कोषमा सूचीकृत हुनु पर्ने समय तोकेका छौ ।’

 

यस्तो छ कोषमा दर्ता प्रक्रिया

सबै रोजगारदाता कम्पनीले श्रम ऐन अन्तर्गत रहेर सामाजिक सुरक्षा कोषमा अननिवार्य दर्ता हुनै पर्ने नियम छ । रोजगारदाता कम्पनी कोषमा सूचीकृत भइसकेपछि कम्पनीले कोषबाट सूचीकृत भइसकेको प्रमाण पत्र र दर्ता नम्बर पाउने छ । त्यसको तीन महीनाभित्र कम्पनीले आफ्नो श्रमिकलाई पनि कोषमा सूचीकृत गारउनु पर्नेछ ।

सम्बन्धित कम्पनीबाट श्रमिक सूचीकृत भएपछि कम्पनी र श्रमिकको स्किम अनुसार कोषमा योगदानको रकम जम्मा गर्नका लागि कोषले फेरि सूचना प्रकाशित गर्ने छ । त्यसपछि श्रमिकको पारिश्रमिकबाट तलबको ११ प्रतिशत कोषमा जम्मा गरिने छ ।  त्यसमा सम्बन्धित कम्पनीले २० रकम थप गरिदिनुपर्ने छ ।

यसरी जम्मा भएको ३१ प्रतिशत रकम मासिक रूपमा कोषमा जम्मा गरिने र भविष्यमा त्यसैबाट पेन्सन तथा त्यसअघि बीमासहितका विभिन्न सुविधा उपलब्ध उपलब्ध गराइने योगदानमा आधारित सामाजिक सुरक्षा ऐन तथा कायविधिमा उल्लेख छ । यो कार्यक्रम कार्यान्वयनमा आएपछि निजी क्षेत्रमा कार्यरत श्रमिकले आफ्नो योगदानको आधारमा पेन्सन पाउने छन् ।