काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘सरकारले जनअपेक्षा पूरा गर्न सकेन’

7.41K
shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई तिहाई बहुमत प्राप्त सरकारले पनि जनताका अपेक्षा पूरा गर्न नसकेको आरोप लगाएका छन् ।

हेटौंडामा मंगलबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार असफल बन्दै गएको आरोप लगाए । ‘सरकार चौतर्फी असफलता हासिल गर्दै आएको छ,’ अध्यक्ष थापाले भने, ‘जनताका सानातिना समस्यादेखि राष्ट्रिय समस्या हल गर्न चुक्दै गएको छ ।’

पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले नयाँ राष्ट्रवादी आन्दोलनको खाँचो औंल्याए । मकवानपुर जिल्ला अध्यक्ष मधु अधिकारीको अध्यक्षतामा सम्पन्न भेलालाई पार्टी जिल्ला उपाध्यक्ष शिवराम थापा, महिला नेतृ इन्दिरा न्यौपानेलगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।
रासस