काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राम-जानकी विवाह महोत्सव आजबाट सुरू

17.12K
shares

जनकपुरमा राम-जानकी विवाह महोत्सवको तयारी भव्यताका साथ जनकपुरमा भइरहेको छ । प्रत्येक वर्ष त्रेतायुगमा अयोध्याका राजा दशरथका पुत्र मर्यादापुरुषोत्तम श्रीराम र मिथिलाका राजा जनक पुत्री माता सिताबीचको विवाहलाई स्मरण गर्दै जनकपुरमा प्रत्येक वर्ष रामजानकी विवाह महोत्सवको आयोजना हुदै आएको छ ।

साप्ताहिक रुपमा मनाइने विवाहपञ्चमी महोत्सवको तयारी तिव्र रुपमा भइरहेको छ । औपचारिक रुपमा शुक्रबार जनकपुर नगर दर्शन गरी जनकपुरमा राम-जानकी विवाह महोत्सवको सुरुवात हुन गइरहेको राम-जानकी विवाह महोत्सवका संयोजक समेत रहेका जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताएका छन् ।

विवाहपञ्चमी महोत्सवअन्तर्गत २६ गते जनकपुरको बाह्र विघा रंगभूमि मैदानमा स्वयम्बरपश्चात नगर परिक्रमापछि बेलुका ७ बजेदेखि विवाह कार्यक्रमको आयोजना गरिनेछ ।

विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट जन्तीको रुपमा भारतस्थित उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत आउने भएकाले यस वर्ष जनकपुरको राम-जानकी विवाहपञ्चमी महोत्सवमा श्रद्धालुभत्तजनहरुको भीडभाड अझै बढ्ने अपेक्षा गरिएको छ । सोही कारण तयारीमा प्रदेश सरकार, स्थानीय सरकार जनकपुर उपमहानगरपालिका, जनकपुर बृहत्तर क्षेत्र विकास परिषद, विभिन्न मठ मन्दिरको साथै सामाजिक संघ संस्थाहरु जुटिरहेका छन् ।

विवाहपञ्चमी महोत्सवको तयारीस्वरुप जनकपुरधाम उपमहानगरपालिकाकी उप प्रमुख रिता देवी झाको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले निर्णय गरेको छ । सर्वदलीय बैठकले विवाहपञ्चमी महोत्सवलाई मर्यादित र शान्तिपूर्ण वातावरणमा मनाउनका लागि २५ र २६ गते जनकपुरधाम नगरभित्र पूर्ण रुपमा मांश मदिरा बन्द गर्ने निर्णय गरिएको छ भने २५ र २६ गते घर घरमा दिपावली मनाउने निर्णय भएको छ ।

सर्वदलीय बैठकबाट विवाहपञ्चमीमा आउनु हुने श्रद्धालुभक्तजनहरुको स्वागतका लागि स्वागतद्धार, खानेपानी, शौचालय, विजुलीवत्तीको सुविधा, बस्ने खाने सुविधा, निःशुल्क प्राथमिक उपचार शिविरलगायतको व्यवस्थापन गर्ने निणर्य भएको प्याब्सन धनुषा अध्यक्ष विश्वलाल सिंहले बताएका छन ।

विवाहपञ्चमीमा आउने लाखौ श्रद्धालु भक्तजनहरुको लागि बसोवासको व्यवस्थापन गर्न निजि विद्यालयहरुले आ-आफनो विद्यालयमा एक रातको बसोवास, खानेपानी, विजुलीवत्तीको साथै दाउराको व्यवस्था गर्ने बताइएको छ ।

यसैबीच, विवाहपञ्चमी महोत्सवमा भारत उत्तरप्रदेशका मुख्यमन्त्रि आदित्यनाथ योगी जनकपुर आउने पक्का भएको भन्दै प्रदेश सरकारलाई जानकारी गराइएको छ । नेपाल सरकारका परराष्ट्र सचिव शंकर दास वैरागीले प्रदेश सरकारका मुख्य सचिव दीपक सुवेदीलाई मुख्यमन्त्री योगी आउने जानकारी दिए । प्रदेश सरकारलाई औपचारिक रुपमा जानकारी प्राप्त भइसकेकाले मुख्यमन्त्रिको स्वागतका लागि प्रदेश सरकारले समेत आफ्नो आन्तरिक तयारीलाई तिव्रता दिएको छ ।

प्रदेश सरकारले २६ गते हेलिकप्टरबाट जनकपुर आउने मुख्यमन्त्रीको सम्मानमा दिवाभोजको व्यवस्था गरिनुको साथै अन्य सम्मानको तयारी समेत भई रहेको मुख्यमन्त्री लालबाबु राउतले बताए । योगीसँग ५ सयभन्दा बढी विशिष्ट पाहुनाहरु नेपाल आउने बताइएको छ ।

 

विवाहपञ्चमीमा भारतका प्रसिद्ध गायक गायिका सहभागी हुने

विवाहपञ्चमी महोत्सवमा यस पटक भारतका प्रसिद्ध मैथली गायीका शारदा सिन्हा समेत आउने भएका छन् । सबैको मन मष्तिकमा बसेकी शारदा सिन्हा, बाल गायिका मैथिल ठाकुर, जनकपुरकै लोकप्रिय गायक सुनिल मल्लिकलगायतको स्थानीय कलाकारहरुको सहभागितामा गित गायन कार्यक्रम हुने जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले जनाएका छन् ।

यो पनि पढ्नुहोस् ।

मुख्यमन्त्री राउत आफैं जुटे सरसफाईमा, सफाई अभियानमा सेना, सशस्त्र, जनपथ र विद्यार्थीहरुको सहयोग