काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेकपा बैठक जारी, अझै केही दिन लम्बिने

7.44K
shares

नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक शुक्रबार पनि जारी छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा बिहान साढे ८ बजे बैठक सुरु भएको हो । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरूले धारणा राखिरहेका छन् । मंसिर २९ गतेदेखि सुरु भएको नेकपा स्थायी समितिको बैठक अझै केही दिन लम्बिने देखिएको छ ।

स्थायी र पदेन गरी ५१ सदस्यीय स्थायी समितिमा हिजोसम्म ३४ सदस्यले धारणा राखिसकेका छन् । ‘बैठकमा स्थायी समिति सदस्यहरुलाई बोल्न २० मिनेट समय दिइएको छ, एक दिनमा १० जना भन्दा धेरैले बोल्ने स्थिति नरहेपछि बैठक अझै केही दिन लम्बिने स्थिति छ,’ नेकपा कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले भने ।

बैठकमा बोल्ने धेरैजसो नेताले सरकार र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले वर्तमान मन्त्रिपरिषद् असफल भएकाले तत्काल पुनर्गठन गर्नुपर्ने आवाज उठाएका छन् । विषेशगरी वर्तमान मन्त्रिपरिषदका धैरै विवादित र आलोचित रहेका मन्त्रीहरुलाई बर्खास्त गरिहाल्न नेताहरुले अध्यक्षद्वय ओली र प्रचण्डसँग आग्रह गर्दै आएका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उद्योग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारी, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालको धेरैजसो नेताहरुले आलोचना गरेका छन् ।