गृहपृष्ठ प्रचण्ड र माधव नेपाल माइतीघरको धर्नामा सहभागी
प्रचण्ड र माधव नेपाल माइतीघरको धर्नामा सहभागी
प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघर मण्डलामा जारी सांसदहरुको धर्नामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पनि सहभागी भएका छन् । आइतबारको धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् ।
प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै माघ १४ देखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका सांसदहरुले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन् । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरुको सहभागिता छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटनको निर्णय गरेपछि नेकपा विभाजित छ । ओलीको असंवैधानिक कदमविरुद्ध प्रचण्ड-नेपाल समूहले देशव्यापी आन्दोलन र जनसभा गर्दै आएको छ ।
प्रकाशित समय : १९:०७ बजे



















