गृहपृष्ठ भोलि माघ १९ गते नेपाली कांग्रेसको देशव्यापी प्रदर्शन
भोलि माघ १९ गते नेपाली कांग्रेसको देशव्यापी प्रदर्शन
नेपाली कांग्रेसले भोलि सरकारविरूद्ध देशव्यापी रूपमा प्रदर्शन गर्ने भएको छ । कांग्रेसका विभिन्न भातृ संगठनद्वारा अपिल गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्धमा हामी निरन्तर आन्दोलनमा उत्रनुपरेको बताइएको छ । १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको नेपाली कांग्रेसले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘संसद विघटन मार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौं ।’
प्रकाशित समय : १९:१६ बजे



















