global ime bank Long Banner Ad

गृहपृष्ठ भारतबाट पन्छीजन्य वस्तुको आयातमा रोक

भारतबाट पन्छीजन्य वस्तुको आयातमा रोक

भारतबाट पन्छीजन्य वस्तुको आयातमा रोक

काठमाडौं उपत्यकामा बर्डफ्लु देखिएपछि भारतबाट हुने पन्छी र पन्छीजन्य पदार्थको आयातमा सरकारले रोक लगाएको छ । पशु सेवा विभागले विज्ञप्ति जारी गर्दै गत शुक्रबार उपत्यकामा पनि बर्डपल्लु पुष्टि भएकाले भारतबाट रोग सार्न सक्ने वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ७ साङ्लेखोला फटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको थियो । विभागले हाल रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु नष्ट गरिसकिएको जनाएको छ । विभागले रोग रोकथाम तथा नियन्त्रणका लागि सबै निकायलाई सतर्क अवस्थामा राखिएको पनि जानकारी दिएको छ ।

प्रकाशित समय : १८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु