गृहपृष्ठ थप १०५ जनामा कोरोना पुष्टि, देशभर सक्रिय संक्रमितको संख्या २५९४
थप १०५ जनामा कोरोना पुष्टि, देशभर सक्रिय संक्रमितको संख्या २५९४
नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर २ हजार ५ सय ९४ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार आइतबार २८८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २९ पुगेको छ ।
प्रकाशित समय : २२:५४ बजे


















