global ime bank Long Banner Ad

गृहपृष्ठ साताको पहिलो दिन ५४.७५ अंकले घट्यो सेयर बजार

साताको पहिलो दिन ५४.७५ अंकले घट्यो सेयर बजार

साताको पहिलो दिन ५४.७५ अंकले घट्यो सेयर बजार

लगातार उकालो लागेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ५४.७५ अंकले ओरालो लागेर दुई हजार ३७०.५४ मा झरेको छ । त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ९.७३ अंकले घटेर ४३२.३३ अंकमा पुगेको छ । बिहीबारको तुलनामा चार दिनमा ५४.७५ अंकले घटेको हो ।

केही दिन यता निरन्तर ओरालो लागेको सेयर बजारमा बिहीबार १६.५५ अंकले घटेको थियो । सो अंकले घटेपछि बिहीबार २ हजार ४२५.२९ मा ओर्लेको थियो । त्यस्तै सेन्सेटिभ परिसूचक ४.३२ ले घटेर ४४२.०६ मा ओर्लेको थियो । बिहीबारको तुलनामा आइतबार निकै कम कारोबार भएको छ ।
बिहीबार कूल २०९ कम्पनीको दुई करोड २१ लाख ५३ हजार ९८१ कित्ता सेयर नौ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ बराबरको कारोबार भएको थियो भने आइतबार २०६ कम्पनीको एक करोड ६२ लाख ७७ हजार २४५ कित्ता सेयर ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४५० रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका सबै उपसमूहहरु ओकालो लागेको छ । निर्जीवन बिमा २६४.०४, उत्पादन १३२.९५, लघुवित्त १२१.२३ अंकले ओरालो लागेको छ । यस्तै, बैंकिङ ४३.०१, व्यापार १९.९६, होटल २३.०२, विकास बैंक ५१.४६, जलविद्युत् ३७.१२, वित्त ५०.७२, अन्य २५.५९, जीवन बिमा ४६०.३७ र सामूहिक लगानी कोष ०.०६ अंकले ओरालो लागेको छ ।

प्रकाशित समय : २२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु