global ime bank Long Banner Ad

गृहपृष्ठ ६ महिनामै भित्रियो, साढे २० अर्बभन्दा बढीको मोबाइल फोन

६ महिनामै भित्रियो, साढे २० अर्बभन्दा बढीको मोबाइल फोन

६ महिनामै भित्रियो, साढे २० अर्बभन्दा बढीको मोबाइल फोन

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा अन्य वस्तुको आयात समग्रमा घटे पनि मोबाइल फोन सेटको आयात भने उच्च दरमा बढेर २० अर्ब ६० करोड रूपैयाँभन्दा बढीको मोबाइल आयात भएको छ ।

मोबाइल फोनका व्यावसायीहरूले कोभिड-१९ का कारण दूरशिक्षा/अनलाइनमा आधारित शिक्षाका लागि मोबाइलको उपयोग बढेकाले यसको माग र आयात दुवै बढेको बताएका छन् ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म ३६ लाख ६४ हजार ६३० वटा मोबाइल फोन आयात भएको छ, भन्सार राजस्व तिर्ने प्रयोजनका लागि यी मोबाइलको मूल्यांकन २० अर्ब ६३ करोड ३ लाख २२ हजार देखाइएको छ । अर्थात्, एउटा मोबाइलको औसत मूल्य ५ हजार ६ सय रूपैयाँका दर मूल्यांकन भइ नेपाल भित्र्याउने गरिएको छ ।

अहिले बजारमा ५ हजारदेखि १ लाख ५० हजार रूपैयाँ मूल्य पर्नेसम्मका मोबायल् फोन पाइन्छन् । औसतमा १५ देखि २० हजारसम्मका मध्यम मूल्य तहका मोबाइल फोन बजारमा बढी बिक्री हुने गरेको व्यावसायीहरू बताउँछन् ।

संख्यात्मक आधारमा गत वर्षको पहिलो ६ महिनाभन्दा यो वर्ष २३ प्रतिशत बढी र मूल्यका आधारमा ७५ प्रतिशत बढी मोबाइल फोन आयात भएको भन्सार विभागले जनाएको छ ।

गत वर्षका तुलनामा भारतबाट हुने मोबाइल आयात १ प्रतिशतले मात्रै बढेको छ भने चीनबाट हुने आयात २८ प्रतिशतले बढेको छ ।

चीनबाट पहिलो ६ महिनामा १३ अर्ब ४० करोड रूपैयाँ मूल्यबराबरको ३० लाख २० हजार थान मोबाइल फोन आयात भएको र भारतबाट ६ अर्ब ४४ करोड रूपैयाँ मूल्यबराबरको ४ लाख ६० हजार थान मोबाइल आयात भएको छ ।

फोनका वास्तविक ग्राहक घटे

नेपाल दूरसञ्चार प्राधिकरणले ६ महिनाभन्दा बढी निष्क्रिय रहेका ग्राहकको नम्बर खारेजी गर्ने नियम लागू गरेपछि विगत एक वर्षमा फोनका ग्राहक संख्यामा १८ प्रतिशतले कमी आएको छ ।

प्राधिकरणको विवरणअनुसार २०७६ मंसिरमा फोन सेवाका कुल ग्राहक संख्या ४ करोड २८ लाख ७८ हजार पुगिसकेकोमा २०७७ कात्तिकमा यो संख्या ३ करोड ६२ लाख ३२ हजारमा झरेको छ ।

एकै ग्राहकले दुई वा त्योभन्दा बढी कम्पनीका सिमकार्ड चलाउने भएकाले जनसंख्याभन्दा फोनका ग्राहक संख्या बढी देखिएको हो। केन्द्रीय तथ्यांक विभागका अनुसार हालको प्रक्षेपित जनसंख्या ३ करोड २ लाख २९ हजार छ ।

मोबाइलमा इन्टरनेट चलाउने मिल्ने फोनसेटका आधारमा हेर्दा थ्रीजी/फोरजीका गत कात्तिक मसान्तसम्म ग्राहक संख्या १ लाख ७४ हजार पुगेका प्राधिकरणको तथ्यांकबाट देखिन्छ । यसको करिब एक चौथाइसँग इन्टरनेट नचल्ने साधारण मोबाइल फोन रहेको अनुमान छ ।

यसरी हेर्दा अहिले मोबाइल फोनका सक्रिय प्रयोगकर्ता २ लाख १८ हजार हाराहारीमा भएको देखिन्छ, यो कुल जीएसएम मोबाइल सेवाका ग्राहकको करिब ५८ प्रतिशत हो भने कुल जनसंख्याको ७२ प्रतिशतमा मोबाइल सेवा पुगेको यसले देखाउँछ ।

प्रकाशित समय : २१:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु