गृहपृष्ठ उपभोक्ता ठग्ने १४ व्यवसायीलाई कारबाही
उपभोक्ता ठग्ने १४ व्यवसायीलाई कारबाही
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने १४ व्यवसायीलाई कारबाही गरेको छ । विभागले दैनिक अनुगमन गर्ने क्रममा शुक्रबार १४ व्यवसायीलाई कारबाही गरेको हो ।
विभागको कारबाहीमा पर्ने व्यवसायीहरुमा काठमाडौंका तरुण एग्रो, न्यू जामाचोक सप्लायर्स, जी बी सप्लायर्स, मिरा स्टोर, बोध मार्ट प्रालि, महेश्वर ब्रदर्स, ए एस ट्रेडिङ एण्ड हार्डवयर सप्लायर्स, राजेश हार्डवयर्स र न्यू डी एस खाद्य स्टोर छन् । त्यस्तै ललितपुरका मोहमद मिराज सिरक डस्ना पसल, क्लाइमेक्स अर्गानिक हाउस, क्लाइमेक्स खाद्यान्न अल पसल, न्यू बालकुमारी ट्रेडर्स र सम्पूर्ण ट्रेड कम्पनी प्रालि विभागको कारबाहीमा परेका हुन् ।
कारबाहीमा परेका १४ व्यवसायीमध्ये विभागले ७ वटालाई २ लाख ३५ हजार जरिवाना गरेको छ । तरुण एग्रोलाई २ लाख, न्यू जामाचोक सप्लायर्सलाई १० हजार, मिरा स्टोर, मेघा मार्ट, महेश्वर ब्रदर्स, मोहमद मिराज सिरक डस्ना पसल, क्लाइमेक्स खाद्यान्न अल पसललाई ५/५ हजार रुपैयाँ जरिवाना तिराएको छ । विभागले व्यवसायीलाई उपभोक्ता ऐन २०७५ अनुसार कारबाही गरेको हो ।
न्यू डी एस खाद्य स्टोर र क्लाइमेक्स अग्र्यानिक हाउसलाई भने आवश्यक स्पष्टीकरण पेश गर्न बोलाएको विभागले जनाएको छ । जी बी सप्लायर्स, ए एस ट्रेडिङ एण्ड हार्डवेयर सप्लायर्स, राजेश हार्डवेयर्स, न्यू बालकुमारी ट्रेडर्स र सम्पूर्ण ट्रेड कम्पनी प्रालिलाई विभागले ऐनअनुसार व्यवसाय गर्न निर्देशन दिएको छ । विभागले खाना अयोग्य वा म्याद सकिएको ३ हजार ४८६ रुपैयाँ बराबरको सामान तत्कालै नष्ट गरेको छ ।
प्रकाशित समय : २३:५० बजे


















