गृहपृष्ठ एनआइसी एशिया लघुवित्तको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालकको नियुक्ति
एनआइसी एशिया लघुवित्तको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालकको नियुक्ति
जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोकको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको गत माघ १६ गते बसेको १०२औं सञ्चालक समितिको बैठकबाट स्वतन्त्र संचालकको पदमा सन्जु अधिकारीलाई नियुक्त गरेको छ ।
सञ्चालक समितिका अध्यक्ष कपिल ढकालले उच्चतम व्यवसायिक अभ्याससहित योग्यतम व्यक्तिलाई संस्थाको स्वतन्त्र सञ्चालकका रुपमा चयन गरिएको जानकारी दिए । संस्थाको हाल १२० शाखा कार्यालयबाट करिब ४७ हजार सदस्यसहित करिब ३६ हजार कर्जा सेवाग्राहीमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
‘साथीसँगै सवल बन्दै’ भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशीकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोकजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेको दुर्गम जिल्लामा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।
प्रकाशित समय : २३:५८ बजे


















