काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अार्थिक उन्नतिका लागि प्रविधिको विकास अपरिहार्य : विज्ञ

12.05K
shares

विज्ञहरुले मुलुकको विकासका लागि विज्ञान र प्रविधिको प्रयोगमा विशेष जोड दिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा राजधानीमा सञ्चालित विज्ञ सम्मेलनअन्तर्गत ‘विज्ञान तथा प्रविधि नीति’ विषयक छलफलमा विज्ञहरुले यस्तो बताएका हुन् ।

‘विज्ञान तथा प्रविधि नीति’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. दिनेश राज भुजूले विज्ञान र प्रविधि विकास लक्ष्य प्राप्तिका लागि प्रमुख चालक भएको बताए । नेपालमा विज्ञान तथा प्रविधिसम्बन्धी नीति १९८९ मा प्रकाशन भएको र त्यसलाई सन् २००४ मा संशोधन गरिएको भए पनि उक्त नीति पुरानो भन्दै उनले सरोकारवाला निकायको ध्यानाकार्षण पनि गराए ।

नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा मानव संशाधनको विकास भइरहेको जानकारी दिँदै उनले विज्ञान तथा प्रविधि अध्ययनमा पनि आकर्षण देखिएको र शैक्षिक संस्थाहरुको पनि क्रमशः विकास हुँदै गएको बताए ।

त्यस्तै युनेस्कोका विज्ञान तथा प्रविधि विज्ञ एड्वार्डो मार्टिनेजले ‘नेपालमा विज्ञान, प्रविधि र नवीनता संघीय रणनीति र नीति २०१९–२०२२’ बारे अवधारणापत्र प्रस्तुत गरेका थिए । वैज्ञानिक अनुसन्धानले नयाँ ज्ञान हासिल गर्न मद्दत गर्ने भन्दै उनले वैज्ञानिक ज्ञानलाई उत्पादन र विकाससँग जोड्नुपर्ने बताए । प्रविधिको प्रयोगले हरेक मुलुकलाई विकासको दु्रत गतिमा अघि बढ्न सघाउने भन्दै उनले नेपाल सरकार र अन्य सरोकारवाला निकायले पनि प्रविधिको प्रयोगबारे रणनीति योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

पूर्वसचिव डा. गणेशराज जोशीले नेपाल प्रविधिको क्षेत्रमा निकै अघि बढिसकेको बताए । कृषि प्रधान मुलुक नेपालमा कृषिको उत्पादन वृद्धिमा पनि विज्ञान र प्रविधिको ठूलो योगदान रहेको भन्दै उनले प्रविधिले सहजतामात्र नभई उत्पादन वृद्धिमा समेत मद्दत गर्ने बताए ।

हान्नोभर मेडिकल स्कुल जर्मनका उपाध्यक्ष प्रा. मालक श्रेष्ठले प्रविधिको प्रयोगका लागि पूर्वाधार महत्वपूर्ण भएको बताए । ‘नेपालमा पनि प्रविधिको प्रयोग दिनप्रतिदिन बढ्दो छ, उनले भने–तर त्यो प्रयाप्त छैन । नेपाल सरकारले प्रविधिको उपयोगमा विशेष जोड दिन आवश्यक छ,’ उनले भने । केन्द्रसहित संघीय संरचनाअनुसार गठित सातवटै प्रादेशिक सरकारले प्राविधिक शिक्षाको विकासमा जोड दिनुपर्ने उनको सुझाव थियो ।

त्यस्तै, विज्ञान तथा प्रविधि विज्ञ फेरमान्दो कुइभेन्दोले प्रविधिको प्रयोग अत्यावश्यक भएको उल्लेख गर्दै त्यसको प्रयोगमा कुनै पनि मुलुक पछि पर्न नहुने बताए । विकासोन्मुख मुलुकहरुमा प्रविधिको प्रयोगमा केही जटिलता भए पनि दीर्घकालीन हितका लागि अत्यावश्यक भएको भन्दै उनले प्रयोगका लागि सुझाव दिए ।

त्रिभुवन विश्व विद्यालयको वातावरण विज्ञान विभाग प्रमुख रेजिना मास्केले नेपालले विज्ञान र प्रविधिको क्षेत्रमा क्रमिक रुपमा सफलता हासिल गरिरहेको जानकारी दिइन् । सन् १९८० देखि नेपालमा यसको अध्ययन सुरु भए पनि अहिले विभिन्न विश्वविद्यालयहरुले त्यसको अध्ययन, अध्यापन गराइरहेको र सोही अनुसार अध्ययनमा आकर्षण पनि बढ्दै गएको उनले बताइन् । तर, आवश्यक जनशक्ति अभाव हुँदा नेपालले प्रविधिको भरपुर उपयोग गर्न भने नसकेको मास्केको स्विकारोक्ति छ ।

यसैगरी, इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) का पूर्व सहायक डिन डा. शरद वन्तले नेपालका अस्पतालमा सन् १८६० मा इसिजि र १९७५ मा आसियुको प्रयोग भए पनि अहिले धेरै अन्तर्राष्ट्रियस्तरको प्रविधि प्रयोग भइरहेको जनाकारी दिए । ‘प्रविधिको प्रयोगमात्र भन्दा पनि त्यसको गुणस्तरलाई पनि विशेष ध्यान दिनुपर्छ,’ उनले भने, ‘अर्को नेपालको सन्दर्भमा प्रविधिको समान वितरण पनि प्रमुख कुरा हो । यसलाई राज्यले पनि विशेष रुपमा ममन गर्न जरुरी छ ।’