काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनअारएनए विज्ञ सम्मेलन : आर्थिक विकासका लागि पुँजी र प्रविधि

16.65K
shares

राजनीतिज्ञ एवं विज्ञहरुले नेपालमा आर्थिक समृद्धिका लागि पुँजी, सीप र प्रविधिको विकास आवश्यक रहेको बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको प्रथम एनआरएन अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको ज्ञानमा आधारित अर्थतन्त्र र विकासका मार्गहरु बारेको सत्रमा उनीहरुले नेपालमा रहेका सम्भावनाको आधारमा विकास अघि बढाउनका लागि पुँजी, सीप र प्रविधिको विकास महत्वपूर्ण भएको बताए । पूर्वप्रधानममन्त्री डा. बाबुराम भट्टराईले नेपाललाई कम विकसित राष्ट्रबाट विकसित बनाउनका लागि पुँजी, सिप र प्रविधि विकासमा जोड दिनुपर्ने धारणा राखे । यसका लागि विश्वभर छरिएका गैरआवासीय नेपालीले लगानी ल्याउनका लागि पहल गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पछिल्लो ३० वर्षयता नेपालको आर्थिक वृद्धिदर एकपटक मात्र ७ प्रतिशत नाघेको भन्दै दोहोरो आर्थिक वृद्धिदर हासिल गर्न पूर्वाधार, उद्योग, कनेक्टिभिटी र सुशासनको क्षेत्रमा संरचनागत रुपान्तरण आवश्यक रहेको बताए । सूचना प्रविधिको उपयोग र डिजिटलाइजेसनमार्फत आर्थिक समृद्धिको हासिल गर्न सकिने उनको भनाइ छ । ‘न्यून लगानी, दक्ष मानव जनशक्तिको अभाव, कमजोर सुशासन जस्ता चुनौतीको सामान गरेर अघि बढ्न जरुरी छ,’ उनले भने ।

एसियाली विकास बैंक (एडीबी) का पूर्वउपाध्यक्ष विन्दुनाथ लोहनीले आर्थिक वृद्धिदरको हिसाबले एसियामा नेपाल कमजोर रहेको भन्दै नीतिको पुनरावलोकन गरी आर्थिक समृद्धिमा अघि बढ्न सरकारको भूमिका महत्वपूर्ण हुने विचार राखे । नेपालको औद्योगिक विकासले गति लिन नसकेको बताउँदै लगानी भित्र्यानका लागि आर्थिक नीतिको उदारीकरणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछानेले गैरआवासीय नेपालीले नेपालमा लगानी बढाउँदै लगेको बताए । नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि उचित वातावरण बन्दै गएको उनको भनाइ छ । पूर्व पर्यटन राज्यमन्त्री याङकिला शेर्पाले नेपालमा पर्यटन क्षेत्रको व्यवसाय वृद्धि हुँदै गएकाले ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले पर्यटन विकासमा ठूलो योगदान पुग्ने धारणा राखिन् ।